TSC Primary

खण्ड:ख

१. द्विभाषिक वा बहुभाषिक कक्षामा नेपाली भाषा शिक्षण कसरी गर्नुहुन्छ ? उल्लेख गर्नुहुन्छ ।१०

२. शारीरिक शिक्षाको अर्थ र महत्त्व लेख्नुहोस। तपाई एक शारीरिक शिक्षा बिषयको शिक्षक हुनुभयो भने विद्यार्थीहरुमा यश विषयको आधारभूत सीपहरुको बिकास कसरी गर्नुहुन्छ ? बुंदागतरुपमा लेख्नुहोस।२+३+५

३. मकवानपुर जिल्लाको एक प्रतिष्ठित सामुदायिक विद्यालयमा सिर्जनात्मक कला विषयको अध्यापन गरिरहेकी एक शिक्षिका ऐश्वर्य रायमाझीको सरुवा रसुवा जिल्लाको एक दुर्गम प्रा. वि. मा सोही विषय नै पढाउनु पर्ने गरि भएको छ भने निजलाई नयाँ विद्यालयमा उक्त विषय पठनपाठन गर्दा आइपर्न सक्ने कठिनाइहरु के के हुन सक्छन् ? बुँदागत रुपमा उल्लेख गरि ती कठिनाइहरु के कसरी हल गर्नुपर्ला ? लेख्नुहोस्।
५×२

खण्ड:ग
४. कक्षा ५ का विद्यार्थीहरुलाई बिरुवा र जनावर पाठ्यवस्तु शिक्षणका लागि स्थानीयस्तरमा सजिलै उपलब्ध गर्न सकिने शैक्षिक सामग्रीहरुको शुचि बनाई तिनीहरुको प्रयोग गर्न विधि लेख्नुहोस । शक्तिका विभिन्न रुपहरु उल्लेख गर्दै तिनीहरूलाई शिक्षण गर्दा  के कस्ता क्रियाकलापहरु गराउनु हुन्छ ? लेख्नुहोस्।२×२+३×२

५. प्राथमिक तहमा गणितीय अबधारणाको शिक्षण सिकाइ क्रियाकलाप ठोस चरण, अर्धठोस चरन र संकेत चरणको प्रयोग कसरी गर्न सकिन्छ ? उदाहरण सहित स्पस्ट गर्नुहोस्। १०

६. Describe any four activities an English language teacher can use to develop speaking skills of primary level students. २.५×४